Monday, May 20Nepal News Portal
Shadow

पर्वतका ९१ साना उद्योग अततः बन्द



काठमाडौं । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६२ उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिएका ह्न । चालु आवको चैत मसान्तसम्म ८० नयाँ उद्योग दर्ता भएका छन् ।

आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले जनाएका हुन् । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको संख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ उद्योग खारेज भएका थिए भने २७४ वटा व्यवसाय दर्ता भएका थिए ।

कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएकोछ ।

यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ योजना रहेकामा १९ योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले जानकारी दिएका हुन् ।

 

Total Page Visits: 83 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्