Monday, May 20Nepal News Portal
Shadow

वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठले गरे उमेदवारी घोषणा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् । श्रेष्ठले सोमबार औपचारिक रूपमा महासंघको वरिष्ठ उपाध्यक्षको उमेदवारी घोषणा गरेका हुन् । सो कार्यक्रममा श्रेष्ठको समूह पनि घोषणा गरिएको छ ।

श्रेष्ठको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा हेमराज ढकाल र एसोसिएटमा भरतराज आचार्य उठ्ने छन् ।

यसअघि आइतबार रामचन्द्र संघाईले आफ्नो टिम घोषणा गरेका थिए । विधानअनुसार तीनवर्षपछि अध्यक्ष बन्नको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुपर्ने हुन्छ ।

वरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठ प्रत्यासी छन् । महासंघको साधारण सभा चैत २८ गते हुनेछ ।

Total Page Visits: 214 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्