Thursday, May 9Nepal News Portal
Shadow

काँग्रेस नेता दाहालको निधन


काठमाडौं, (ससं) । ओखलढुंगाका नेपाली काँग्रेस महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट दाहालको शुक्रबार विहान ९ः४५ बजे निधन भएको हो ।

वि.सं २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । स्वर्गीय दाहालले नेपाली काँग्रेसद्वारा सञ्चालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल गएका थिए ।
अपरान्ह ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । यसैवीच काँग्रेस सभापति शेरबहादुर देउवाले नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

Total Page Visits: 482 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्