Monday, May 20Nepal News Portal
Shadow

कविता मानन्धरको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ बाट प्रदर्शन हुने


काठमाडौं, पुस २३ (ससं)। कोरोना महामारीका कारण नौ महिना सिनेमा हल बन्द भएका थिए। सरकारसँग पटक–पटक आग्रह गर्दा पनि तयार नभएपछि व्यवसायी आफैंले ‘विद्रोह’ गरेर हल खोलेका छन्।

हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। तर, माघ १ गतेदेखि भने नयाँ चलचित्र रिलिज हुनेछ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो।

यसअघि फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ। जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो।

शिव श्रेष्ठको लगानी तथा दीपेश सापकोटाको निर्देशन रहेको यो चलचित्र हेर्न दर्शक आउनेर/ आउने यकिन नभएकै बेला रिलिज गर्न लागिएको हो।

चलचित्रमा नायिका प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको मुख्य भूमिका छ।

श्रेष्ठले भने लामो समयदेखि हल बन्द रहेको अवस्थामा यसलाई चलायमान बनाउन आफूले जोखिम मोलेको बताएका छन्।

दर्शकबाट ४० वर्षदेखि पाएको माया र विश्वासकै कारण आफूलाई चलचित्र रिलिज गर्ने हौसला मिलेको उनको भनाइ छ। चलचित्र क्षेत्र कोमामा पुगेको बेला यसलाई माथि उठाउन कोही अघि नसरेको भन्दै आफूले त्यो जोखिम लिएको उनले बताएका छन्।

Total Page Visits: 741 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्