Friday, May 10Nepal News Portal
Shadow

बढ्यो शेयर बजार, करिब २ अर्बको कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले बढेको छ । आज नेप्से ९२.२२ अंकले बढेर १ हजार ९ सय ६३. ५५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१८ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार १७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा पुगेको छ ।

नेप्सेका अनुसार आज डिबेञ्चर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ ।

Total Page Visits: 171 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्