Monday, May 20Nepal News Portal
Shadow

अमेरिकी सेनामा कार्यरत भरतसिंहले गरे विद्यार्थीलाई सहयोग


ललितपुर, (ससं) । अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाले ललितपुर महानगरपालिकाको वडा नं. ९ को च्यासलस्थित श्री श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न सामग्री सहयोग गरेका छन् । अनाथ, असहाय एवम् आर्थिक स्थिति नाजुक रहेका जेहेन्दार छात्रछात्रा छनौट गरि कक्षा १ देखि कक्षा ८ सम्मका २५ जना विद्यार्थीलाई एकएक सेट स्कुल ड्रेस तथा करिब एकवर्षको लागि स्टेसनरी सामग्री प्रदान गरिएको हो ।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा खुस्बु यादवको आर्थिक स्थिति कमजोर रहेका कारण उनको अभिभावकले पढाई छुटाउन लागेको खबर प्राप्त हुनासाथ छात्रा यादवको एकवर्षको शुल्कसहित जम्मा २६ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

 

आजका बालबालिका भविष्यका कर्णधार भएकाले आर्थिकरुपमा विपन्न देशका कोही पनि बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सक्दो आर्थिक सहयोग गरिएको सहयोगदाता पेलाले प्रतिकृया दिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन सदस्य राजु व्यञ्जनकारको प्रमुख अतिथिमा भएको थियो । कार्यक्रममा प्रध्यानाध्यापक सानुलाल व्यञ्जनकार, सहप्रध्यानाध्यापक पवन विक्रम कार्की तथा शिक्षक प्रतिनिधि उद्धवप्रसाद तिमल्सिना पनि उपस्थित थिए ।

Total Page Visits: 859 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्