Friday, May 10Nepal News Portal
Shadow

नेप्से परिसूचक १८ अंकले वृद्धि, ५ अर्ब ९१ करोडको कारोबार


काठमाडौं, (ससं) । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । गत हप्तादेखि नै लगातार उकालो लागेको शेयर बजार आज १८.८१ अंक वृद्धि भएर २२८६.५४ विन्दुमा रोकिएको हो । आज २०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिशेयर मूल्य ३४१ रुपैयाँ कायम भएको छ । ९ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । आज दूरसञ्चारको प्रतिशेयर मूल्य १ हजार २६३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग र होटल समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ्ग समूहको ०.१८ प्रतिशतले र होटल समूहको ०.२८ प्रतिशतले परिसूचक घटेको हो । सर्वाधिक परिसूचक वृद्धि वित्त समूहको भएको छ । यो समूहको परिसूचक ४.७५ प्रतिशतले वृद्धि भएको छ ।

Total Page Visits: 512 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्