Sunday, May 12Nepal News Portal
Shadow

९.९१ अंकले बढ्यो नेप्से, साढे ३ अर्बभन्दा बढीको सेयर कारोबार


काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेको छ। यस दिन नेप्से ०.४६ प्रतिशतले बढेर २१५४.०७ बिन्दुमा बन्द भएको हो।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन दुई अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर तिन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ पुगेको छ।

यस दिन २५५ वटा धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १ हजार ३५५ रुपैयाँ २० पैसा पुगेको छ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५९२ रुपैयाँ २० पैसा पुगेको छ।

सेयरमूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.१४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ४.६३ प्रतिशतले घटेको छ।

उक्त योजनाको प्रति इकाइ मूल्य ८ रुपैयाँ ६५ पैसामा झरेको छ।

मंगलबार स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५१ रुपैयाँ १० पैसामा १७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।

Total Page Visits: 101 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्