Sunday, May 12Nepal News Portal
Shadow

सोमबार होटल तथा पर्यटन समूहका लगानीर्ताले सर्वाधिक कमाए


काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएको हो ।

आइतबार ३ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज २ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २८५ धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता खरिदबिक्री भएको छ । आइतबार ९५ लाख २८ हजार २५५ कित्ता खरिदबिक्री भएको थियो ।

आज अभियान लघुवित्त वित्तीय संस्था र कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल र चन्द्रागिरि हिल्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज प्रभु स्मार्ट फन्डको इकाइ मूल्य भने १० प्रतिशतले घटेको छ ।

आज सोल्टी होटलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा हिमालयन डिस्टिलरी रहेको छ । यस कम्पनीको १० करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह रहेको छ । यस समूहको परिसूचक १०.७८ प्रतिशतले वृद्धि भएको नेप्सेले जानकारी दिएको छ । त्यस्तै, परिसूचक सार्वाधिक घट्नेमा फाइनान्स समूह ०.९६ प्रतिशत रहेको छ ।

Total Page Visits: 163 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्