Saturday, April 27Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकले गर्याे एक करोड २० लाख बीमा रकम भुक्तानी


काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत रू. एक करोड २० लाख बीमा दावी भुक्तानी गरेको छ । गत असार १८ गतेदेखि फाल्गुण १४ गतेसम्ममा घातक रोगको बीमावापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति रू. १० लाखका दरले जम्मा रू. एक करोड २० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त उनीहरुलाई रकम भुक्तानी गरिएको हो । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए । उनीहरुका सदस्यलाई बीमा कम्पनीले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेकी विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत बिमा रकम भुक्तानी गरिएको हो ।

त्यस्तै काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ७० लाख रकम प्रदान गरिएको हो ।

सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैयालाल चौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्राप्त गरेका हुन् ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३६१ भन्दा बढीलाई रू. १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई रू. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई रू. २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई रू. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त रू. ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत रू. ४० लाखको दुर्घटना बीमा, रू. ४० लाखको घातक रोग बीमा र रू. ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रू. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रू. ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्नुहुनेछ ।

एनआईसी एशिया बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

 

Total Page Visits: 200 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्