Saturday, April 27Nepal News Portal
Shadow

सामान्य अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ।

मंगलबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

Total Page Visits: 91 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्