Sunday, May 12Nepal News Portal
Shadow

अक्सिजन प्लान्ट स्थापना गर्न सुदुरपश्चिम सरकारद्वारा अस्पतालहरूलाई ८० लाखका दरले रकम उपलब्ध


उद्योग न्यूज
काठमाडौं, २४ वैशाख । अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन भनि सुदुरपश्चिम सरकारले जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ।
८० लाख रूपैयाँका दरले जिल्ला अस्पताललाई रकम उपलब्ध गराइसकिएको प्रदेश सरकारले जनाएको हो ।
प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पताल पठाइएको जनाएको छ ।
ेअहिले दुरपश्चिम प्रदेशमा दैनिक पाँच सय वटा अक्सिजन भरिएका सिलिन्डर आवश्यक परेको छ। तर प्रदेशमा तीन सय सिलिन्डर मात्रै अक्सिजन उपलब्ध छ।

Total Page Visits: 1123 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्