Saturday, May 11Nepal News Portal
Shadow

आज सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?


काठमाडौं । शुक्रबार (आज) सुनको भाउ ह्वात्तै बढेको छ । बिहिबार (हिजो) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सयले बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ ।
आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Total Page Visits: 780 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्