Sunday, May 19Nepal News Portal
Shadow

दया फाउण्डेशनद्धारा सामुदायिक तथा सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । सामुदायिक तथा सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी संक्रमणको उपचारको क्रममा आईपरेका समस्याहरुको समाधानमा राहत पुयाउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तर गरेमो हो ।

संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) सहयोग गरेको छ ।

यस फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहनेछ ।

Total Page Visits: 457 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्