Sunday, May 19Nepal News Portal
Shadow

कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ बाट ११ गतेसम्म लगाइने


काठमाडौं, (ससं) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताएका हुन् ।
जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उनले बताएका छन् ।
चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।

Total Page Visits: 554 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्