Sunday, April 28Nepal News Portal
Shadow

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो ।

मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

Total Page Visits: 71 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्