Monday, May 13Nepal News Portal
Shadow

अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न मन्त्रालयको आग्रह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु नथन्काईकन समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न सबैलाई आग्रह गरेको छ ।

बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल सिलिण्डरहरु समयमा नै उद्योगमा भर्न नपुग्ने समस्या अत्यधिक बढिरहेको हुँदा यसले आगामी दिनमा समस्या निम्त्याउने भन्दै समयमा नै सिलिण्डरहरु सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरेको हो ।

मन्त्रालयले सूचनामार्फत अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन अनुरोध समेत गरेको हो ।

Total Page Visits: 1020 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्