Monday, May 13Nepal News Portal
Shadow

मकर जितुमाया हाइड्रोपावरको आइपिओ बाँडफाँट, 


काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल १ लाख ३३ हजार ७३० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत् सेयर पाएका छन्।

जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

कम्पनीको आइपिओमा कुल १३ लाख ४० हजार ८५१ जना आवेदकले आवेदन दिएकोमा ५९ हजार ४४९ जनाको आवेदन भने रद्द भएको कम्पनीले बताएको छ।

कम्पनीले चैत १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ३७ हजार ३०२ कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

कम्पनीले ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ हजार २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Total Page Visits: 149 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्