Monday, May 20Nepal News Portal
Shadow

आज बिहीबार नेप्से ५.६३ अंकले बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार बढेको छ । यो दिन नेप्से ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा बन्द भएको छ । बुधाबार भने बजार सामान्य अंकले घटेको थियो भने आज राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले बढेर ३५०.६० विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । केहि दिन यतादेखि शेयर कारोबार अस्थिर रहेको छ ।

यसैगरी, आज विकास बैंक उपसमूह ०.७९ प्रतिशतले बढेको छ । त्यस्तै वित्त उपसमूह ०.६६ प्रतिशतले बढेको छ । बैकिङ उपसमूह ०.४६ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन सबैभन्दा बढी लघुवित्त उपसमूह ०.९० प्रतिशतले घटेको छ । यसका साथै जीवन बीमा उपसमूह भने ०.४४ प्रतिशतले घटेको छ ।

आज बढी कमाउने र गुमाउने कम्पनीहरु

आज सर्वाधिक कमाउने कम्पनीमा ओरिण्टल होटल्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ८.४६ प्रतिशतले बढेको छ । त्यस्तै यो दिन सिटी होटल्सको शेयरमूल्य ७.९९ प्रतिशतले बढेको छ ।

उता यो दिन सोल्टि होटलको शेयरमूल्य पनि ७.४१ प्रतिशतले बढेको छ । यसैगरी, तारा गाउँ रिजेन्सी होटल्सको शेयरमूल्य पनि ६.५५ प्रतिशतले बढेको छ ।

यसैगरी, वीन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ४.२५ प्रतिशतले घटेको छ । यसका साथै साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारका आएका कम्पनीहरु मध्ये सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ । उक्त कम्पनीको १६ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

Total Page Visits: 98 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्