Thursday, May 9Nepal News Portal
Shadow

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अब सबै जुटौं : वरिष्ठ नेता पौडेल


काठमाडौं, (ससं) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अब दायाँबायाँ केही पनि सोच्न नहुँने बताएका छन् । प्रेस युनियन बाग्लुङले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले देशलाई र्बादीतीर लैजाने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका हुन् ।

नेता पौडेलले सभापति देउवा नै अगाडी बढेर ओलीलाई हटाउनु पर्ने बेला आएको बताएका छन् । अब दाँयाँबाँया केही नसोचि माओवादी केन्द्र र जसपासंग मिलेर भएपनि ओलीलाई हटाउनु पर्ने उनको जोड थियो ।

प्रतिनिधिसभा बिघटनपछि कांग्रेसले सत्तामा जान हतार गर्न नहुने बताउँदै आएका वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । साथै नेता पौडेलले कसैले ओलीको सत्ता बचाउछ भने त्यो संग आफ्नो प्रश्न हुने समेत बताएका छन् ।

Total Page Visits: 1147 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्