Monday, May 20Nepal News Portal
Shadow

देशभर गिट्टी-बालुवा उत्पादन रोक्ने क्रसर व्यवसायीले दिए चेतावनी


काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभर गिट्टी बालुवा उत्पादन कार्य रोक्ने गर्ने चेतावनी दिएको छ।

महासंघले आइतबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असार १६ गतेदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको जानकारी गराएको हो।

महासंघले सरकारले कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गरे। उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानून बमोजिम सञ्चालनमा आएका उद्योगहरू समेत बन्द गरेको बताए।

अध्यक्ष न्यौपानेले मन्त्री परिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानून अनुसार लाग्ने कर, दस्तुर, शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए। उनले क्रसर उद्योगहरू दर्ता वा राजश्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण देखाउँदै रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत नभएको बताए।

उनले सरकारले कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन नगरे असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको बिक्री(वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने बताएका छन्।

Total Page Visits: 206 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्