Monday, May 20Nepal News Portal
Shadow

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु


काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखि २६ गतेसम्म सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति ः समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नाराका सहित सुरुवात गरेको हो ।

भर्चुअल माध्यममार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गरिन् । सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रथाजनित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताइन् ।
नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि विभन्नि विधि, पद्धत्ति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुपमा वन विनास भईरहेको स्मरण गर्दे आजसम्म आइपुग्दा सामुदायिक वनका माध्यमबाट वन तथा वातावरण र जैविक विविधताको संरक्षणका साथै सामुदायिक विकास र उद्यम विकासका माध्यमबाट जीविकोपार्जन र समृद्धिमासमेत योगदान हुँदै आइरहेको अध्यक्ष पाठकले जानकारी दिइन् ।

विगत ५ दशकको अवधीमा नेपालमा अवलम्बन गरिएको सामुदायिक वन अभियानले विभिन्न आरोह अवरोहहरु पार गर्दै आएको बताउदै अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता समूहहरुले नेपालको वन व्यवस्थापनमा एक जिम्मेवार, सशक्त, समावेशी, सुशासनयुक्त र लोकतान्त्रिक नागरिक समाजको रुपमा आफूलाई स्थापित गराउन सफल भएका स्पष्ट पारिन् ।

सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरसका कारण भएको गत वर्षको लकडाउन र यस वर्षको निषेधाज्ञाबाट प्रभावित विपन्न तथा गरिव र सिमान्तकृत एवं बेरोजगार परिवारका लागि खाद्यान्न राहत तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो । संक्रमितहरुलाई क्वारेन्टाइनका लागि सामुदायिक भवनहरु उपलब्ध गराउँनुका साथै स्थानीय सरकारमार्फत राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको पनि जानकारी दिइएको छ । प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई सहयोग गर्ने र प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्यमा समेत उल्लेखनीय कार्यहरु गर्दै आएको अध्यक्ष पाठकको भनाई छ ।

हाल देशभर २२ हजार ४४५ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार ६७० हेक्टर सामुदायिक वन व्यवस्थापन गर्दै आएका छन् । जसमा २९ लाख ७ हजार ८७१ घरधुरीहरु संलग्न रहेका छन् ।

 

Total Page Visits: 1553 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्