Tuesday, May 7Nepal News Portal
Shadow

पिसाब थामेर बस्नु यसकारण खतरनाक हुन्छ? जान्नुहोस्


काठमाडौं, (ससं) । पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। तपाईँलाई जब पिसाब गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ तत्र फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।
किन रोक्नु हुँदैन पिसाब?

मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ।

तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ।

पिसाब रोक्दा के हुन्छरु
धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ साथै त्यहाँ ब्याक्टेरियाहरूले घर बनाएर बस्ने अनि सङ्क्रमणको प्रक्रिया सुरु हुने थाहापाइसक्नु भयो। यस बाहेक, पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्स्

१. मूत्रनलीमा सङ्क्रमण
मूत्रनली सङ्क्रमण भनेको पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमण हो।
जब कुनै कीटाणु अथवा ब्याक्टेरिया हाम्रो पिसाबनलीहुँदै थैलीसम्म पुगेर सङ्क्रमण गराउँदछ, तब मूत्रनलीको सङ्क्रमण हुन्छ। धेरै बेरसम्म पिसाब थामेर बस्दा पनि ब्याक्टेरियाहरू पिसाबनलीसम्म आएर सङ्क्रमण गर्न सुरु गर्दछ। यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ।

धमिलो पिसाब आउनु, पिसाबमा रगत देखा पर्नु, जति बेला पनि पिसाब गर्न मन लाग्नु र हलुका ज्वरो आउनु यसका लक्षण हुन् ।

रोकथामका उपाय
यस्ता लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल जानु पर्दछ। अनि डाक्टरले सानो किसिमको सङ्क्रमण हो कि मृगौला कै सङ्क्रमण हो भनेर छुट्याउँने गर्छन।

२ इन्टरस्टिसियल साइस्टिटिस
मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा हुनु नै ‘इन्टरस्टिसियल साइस्टिटिस’ हो।
ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो हुन्छ। तर कसैले भने यसको कुनै ठेट कारण नभएको बताउँछन्। तर विशेष गरी धेरैबेरसम्म पिसाब थामेर बस्नेहरूलाई यस्तो समस्या बढी देखा परेको पनि विज्ञहरूले बताएका छन् ।

तल्लो पेट दुख्ने, दिनमा ६० चोटिभन्दा बढी पिसाब लाग्ने, पिसाबमा रगत देखा पर्नु यसका लक्षण हुन् ।

रोकथामका उपाय
अहिलेसम्म, यसको उपचार विधि पत्ता लाग्न सकेको छैन, तर दुखाइ कम गर्नको लागि भने व्यक्तिअनुसार उपचार गर्न सकिन्छ

Total Page Visits: 719 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्