Sunday, May 19Nepal News Portal
Shadow

मिटरब्याजीको पिडाः बस्ने ठाउँ पनि छैन, ऋण कहिले सकिएन


No description available.

काठमाडौं । मिटरब्याजी पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिडेर हिजो सोमबार संघीय राजधानी काठमाडौं आईपुगेका थिए ।

उनीहरु मिटरब्याजमा ऋण दिने साहुको ज्याजती सहन नसक्ने भएपछी संघीय सरकारको ध्यानाकर्षण गराउन आज मंगलबार बानेश्वरको संसद भवन नजिकै धर्ना बसेका हुन ।

ऋण दिँदा घरजग्गा पासगर्न लगाउने र ऋण तीरिसक्दापनि त्यो घरजग्गा साहुले फिर्ता नदिने पीडितको गुनासो छ ।

सरकारले मिटरब्याज सम्बन्धि समस्या समाधान गर्ने भन्दै समिति पनी गठन गरेको थियो । त्यो समितिले मिटरब्याजसम्बन्धी निवेदन दिन पनि भनेको थियो तर, पावर र पहुँचको भरमा मिटरब्याजीहरु कारबाहीमा नपरेको हुँदा आँफुहरु संघीय सरकार समक्ष हिनेर आउन बाध्य भएको उनिहरुले बताएका छन् ।

कतिपय पीडितहरु बालबच्चा बोकेरै आएकाछन् । शक्तिको आडमा ऋणीलाई तर्साइरहेका उनीहरु बताउँछन् ।

मिटरब्याजीलाई कारबाही, तमसुकसम्बन्धी ब्यबस्था खारेज, झुटामुद्दामा समातिएका पीडितलाई रिहा र मिटरब्याजीको सम्पत्ति छानविन उनीहरुको माग रहेको छ । उनीहरु १० लाख ऋण लिएको तर, तिर्दा २५ लाखसम्म तिर्दा पनि साहुले घर खेती समेत साहुले हडेपेको उनीहरुको गुनासो रहेको छ ।

आफुहरुका यी माग सरकारले सम्बोधन नगरेसम्म काठमाडौं छोडेर नजाने उनीहरुको प्रतिबद्धता रहेको छ ।

No description available.

No description available.

No description available.

Total Page Visits: 251 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्