Tuesday, May 7Nepal News Portal
Shadow

गर्मीबाट जोगिन यस्ता कपडा लगाउनुहोस्


काठमाडौं, (ससं) । गर्मीको समयमा लगााउने कपडाको सही छनौट गर्न सकिएन भने असहज हुनुका साथै छालामा समेत निकै समस्याहरू देखा पर्छ । गर्मी मौसममा लुगाहरू लगाउँदा बाहिरी तापबाट शीतल गर्ने कपडाहरू छनौट गर्नुपर्छ ।

गर्मि महिनामा यस्ता कपडा लाउनु ठिक मानिन्छ ,

कटन
कपासबाट निर्माण भएका कपडा सर्वाधिक लोकप्रिय मानिन्छ । अहिले कृत्रिम कपासबाट बनेका कपडाहरू पनि बजारमा पाइन्छ । अहिले शुद्ध कपासका कपडा पाउन गाह्रो हुन्छ । कपासबाट निर्मित कपडा गर्मी मौसमका लागि एकदमै राम्रो मानिन्छ । तपाईँले गर्मी मौसममा लगाउने कपडाको छनौट गर्दै हुनुहुन्छ भने कपासबाट बनेको कटनको कपडाको छनौट गर्नुहोस् । यसले तपाईँलाई गर्मीमा सहज र शीतलताको अनुभूति गराउँछ ।

लिनन
लिनन कपास वाट निर्मित कपडा पछि गर्मीमा बढी लगाइनेमा पर्छ । यो कपडाले शरीरबाट निस्कने पसिनालाई सोस्छ । यसलाई पार्टी वेयर देखि औपचारिक र क्याजुयल अवसरमा लगाउन सकिन्छ । तपाईँले गर्मीमा आफ्नो स्टाइल र डिजाइनमा यस कपडाको छनौट गर्न सक्नु हुन्छ ।

Total Page Visits: 977 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्