Saturday, May 18Nepal News Portal
Shadow

जेठदेखि बिजुली बाल्ने तयारीमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो


कामठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नो्क्सानी घटेको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले जेठको दोस्रो साताबाट पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र त्यसको ३ महिनाभित्रै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ।

कोभिड १९ को असरले गर्दा आयोजना निमार्णको अवधि र लागत बढ्दै गएको् छ, यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा अन्य व्यायभारले आयोजनाको लागत बढ्न गएको तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको विवरणमा उल्लेख छ।

Total Page Visits: 827 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्