Monday, May 20Nepal News Portal
Shadow

साउदी फर्कन नेपालीहरुलाई अनिवार्य पीसीआर रिपोर्ट र कम्पनीको अनुमति पत्र


काठमाडौं, १ असाज (सस) । साउदी अरवले विदामा स्वदेश आएका नेपालीहरुलाई पीसीआर रिर्पोट र कम्पनीको अनुमतिपत्र अनिवार्य गरेको छ । नेपाली राजदूतावासले बिहीबार सूचना जरी गर्दै सेप्टेम्बर १५ तारिखबाट लागु हुने गरी साउदी अरबको भिसाको म्याद भएका आप्रवासी कमदार र अन्य नागरिकलाई तोकिएको मापदण्ड पुरा गरेर फर्कन यो नियम लागु गरिएको जानकारी दिएको हो ।

विदाबाट फर्कने वा पुनः आगमन भीसामा गएकाहरुले आफ्नो कम्पनीको आउने अनुमति दिएको कागजात अनिवार्य रुपमा प्राप्त गर्नु पर्नेछ । त्यस्तै कम्पनीले आउने अनुमति नदिदासम्म रि(इन्ट्रि भिसा भएकै आधारमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

राजदूतावासका अनुसार नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारका अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट पीसीआर परीक्षण गरी नेगेटिभ प्रमाणपत्र अनिवार्य रुपमा बोर्डिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनु पर्ने दूतावासले जानकारी दिएको छ ।

त्यस्तै भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर ३० सम्म स्वत नविकरण हुने बताइएको छ ।
राजदूतावासबाट जारी सूचना

No description available.

Total Page Visits: 774 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्