Thursday, May 16Nepal News Portal
Shadow

मन्त्री रिजाल भन्छन्ः उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् । शुक्रबार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको उनले बताएका हुन् ।

उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उनले निर्यात व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले नेपालले दुवै छिमेकी देशसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

उनले निकट भविष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिवद्धता जनाए ।

मन्त्री रिजालले व्यवसायीहरूको भूमिका आर्थिकस्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरूलाई आवश्यक सुविधा दिन सरकार तयार रहेको बताए ।

Total Page Visits: 149 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्