Sunday, May 19Nepal News Portal
Shadow

वर्षायाममा खाद्यान्न अभाव नहुने उद्योग मन्त्रालयको दाबी


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षायाममा देशको कुनै पनि भूभागमा खाद्यान्न अभाव नहुने जानकारी दिएको छ । मन्त्रालयले खाद्यन्न अभाव हुन नदिने गरी गृहकार्य गरेको बताएको हो । मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा धान, चामल र गहुँ गरी कुल दुई लाख ६६ हजार तीन सय क्विन्टल मौज्दात रहेको जनाएको छ । हाल उपत्यका र तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, अति दुर्गम तथा दुर्गम जिल्लाका लागि २५ हजार पाँच सय पाँच क्विन्टल चामल मौज्दात राखिएको छ । टेन्डरमार्फत थप ८९ हजार एक सय क्विन्टल चामल खरिद गर्ने योजना रहेकोमा ५२ हजार ६ सय ४४ क्विन्टल प्राप्त भइसकेको कम्पनीको भनाइ छ । त्यस्तै, २८ असारमा बोलपत्र खोल्ने गरी ९१ हजार पाँच सय क्विन्टल चामलको खरिद प्रक्रिया अघि बढेको छ । यसरी कम्पनीको गोदाममा मौज्दात र खरिद प्रक्रियामा रहेको गरी कुल दुई लाख पाँच हजार ६ सय पाँच क्विन्टल चामल वितरणका लागि उपलब्ध रहेको जनाइएको छ ।

त्यस्तै, भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत तत्काल ३४ हजार तीन सय २० क्विन्टल गहुँ प्राप्त हुने क्रममा रहेको कम्पनीको भनाइ छ । कम्पनीको गोदाममा २६ हजार तीन सय ७५ क्विन्टल धानसमेत मौज्दात छ । चालू आर्थक वर्ष ०७९र८० को १२ असारसम्म दुर्गमका जिल्लाहरूमा १७ हजार आठ सय ३० मेट्रिकटन खाद्यान्न ढुवानी भइसकेको पनि कम्पनीले जनाएको छ । ‘खाद्यान्नको बढी समस्या देखिएको हुम्लामा चार हजार क्विन्टल कोटा थप गरी हवाईमार्गबाट दैनिक ढुवानी तथा वितरण कार्य जारी राखिएको छ,’ कम्पनीको भनाइ छ ।

Total Page Visits: 138 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्