Thursday, May 16Nepal News Portal
Shadow

एनआरएनको पहलमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्यो


काठमाडौं । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो ।

यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ ।

विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। रासस

Total Page Visits: 693 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्