Wednesday, May 15Nepal News Portal
Shadow

एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी कस्तो छ ?


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्व उर्जामन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्ने तयारीमा रहेको छ । हाल गृहजिल्ला अर्घाखाँचीमा रहेका नेता रायमाझी बुधबार नै काठमाडौं आउने तयारीमा रहेको भए पनि आफूसहित छोरा सन्दीपका विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी रोकिएका थिए ।

उनका छोरालाई भने बुधबार नै प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले रायमाझी बाबुछोराको संलग्नता रहेको बताएपछि उनीहरु अफ्ठेरोमा परेका हुन् ।

Total Page Visits: 162 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्