Friday, May 17Nepal News Portal
Shadow

नेप्सेसँगै घट्यो कारोबार रकम


काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको हो । यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६० धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर दुई अर्ब ४३ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार २६७ धितोपत्रको दुई अर्ब ९१ करोड ७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । १० वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २५ रुपैयाँ कायम भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.४९ प्रतिशतले घटेको छ ।

Total Page Visits: 118 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्