Wednesday, May 15Nepal News Portal
Shadow

राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ११ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भएको भएपनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने तयारी रहेको बताइएको छ। आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो।...
ट्रेड यूनियन निर्वाचनको सुनिश्चितता गर्न नेपाली काँग्रेस, संसदीय दलको माग

ट्रेड यूनियन निर्वाचनको सुनिश्चितता गर्न नेपाली काँग्रेस, संसदीय दलको माग

निर्माण, प्रमुख समाचार, राजनीति
काठमाडौं, ७ असोज (ससं) । नेपाली काँग्रेस, संसदीय दलले निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगन रिएको प्रति आपत्ति जनाएको छ । ट्रेड यूनियनसँग आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श र सहमति विना सरकारले एकलौटी ढङ्गबाट एकाएक आधिकारिक ट्रेड यूनियनको घोषित निर्वाचन स्थगन गर्नेसरकारको निर्णयप्रति विरोध जनाएको हो । बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलले लोकतन्त्रको मूल आधारशिलाबाट कसैलाई बञ्चित गर्न नहुने भनिएको छ । ुलोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न सक्दैछ । कुनै पनि बहानामा निर्वाचन नहुनु राम्रो पक्ष होईन ।ु विज्ञप्तिमा भनिएको छ, ुआफ्नो प्रतिकूलताका कारणले निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।ु त्यस्तै निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियन र आवद्ध संस्थाका सब...
काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । जिल्ला प्रशासन कार्यालय गुल्मीमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीद्वारा दमन भएको भन्दै नेपाली कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गुल्मीमा आफ्ना कार्यकर्तालाई प्रहरीले गरेको दमनको विषयमा काँग्रेस संसदीय दलको ध्यानाकर्षण भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले स्थानीय मुद्दाका बारेमा ज्ञपनपत्र बुझाउँन जाँदा प्रहरीको दुरव्यावहार भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतलाई प्रवेशमा नै रोक लगाएको र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिएको बताइएको छ । ‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो ।...
नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

आर्थिक गतिविधि, निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना करिब २ सय ५० केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आइतबार नेकपाको सचिवालय बैठकमा यो एजेन्डामा छलफल सुरु भएको बताइएको छ । कुनै लाभको पदमा नरहेका केन्द्रीय सदस्यहरुलाई पार्टीले नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय भएको हो । केन्द्रीय सदस्यमा २५० को हाराहारीमा सदस्य छन् । तर, उक्त रकम तलब नभएको बताइएको छ । एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि यो सहयोग रोकिएको र अहिले पुनः सुरु गर्न लागिएको बताइएको छ । रकम कति हो भनेर अहिलेसम्म टुंगो लागेको छैन। यस विषयमा आर्थिक विभागले आवश्यक निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले आफ्ना केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटीका सदस्यलाई १५ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो। माओवादीले पनि सशस्त्र विद्रोहको समयमा आफ्ना सेना तथा का...
डा. केसीको जीवन रक्षा गर्न नेपाली काँग्रेस संसदीय दलको आग्रह

डा. केसीको जीवन रक्षा गर्न नेपाली काँग्रेस संसदीय दलको आग्रह

निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ४ असोज (सस) । नेपाली काँग्रेस संसदीय दलले डा. गोविन्द केसीले राखेका मागलाई चाँडो सम्वोधन गरी उनको जीवन रक्षा गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलले काँग्रेस सरकारले ल्याएको स्वास्थ्य सम्बन्धि अध्यादेशलाई पनि कार्यान्वयन गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ ।' त्यस्तै अनसनका कारण दिन प्रतिदिन डा. केसीको स्वास्थ्य स्थिति नाजुक भइरहेकोले उनका मागलाई सरकारले वेवस्ता गर्नु अत्यान्त दुःखद विषय भएको विज्ञप्तिमा उल्लेख छ । ...
पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

निर्माण, प्रमुख समाचार, ब्यानर, राजनीति, विश्व
काठमाडौं, ३ असोज (सस) । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनः नियुक्तिको माग गर्दै सडक आन्दोलन नगर्न आग्रह गरेका छन्। घिसिङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीको व्यवस्थापन सरकारको काम भएको बताएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ का कारण नेपाल पनि आक्रान्त भएको संवेदनशील बेलामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न घिसिङले आग्रह गरेका हुन्। ‘प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा घिसिङले भनेका छन्। नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी घिसिङले सफलतापूर्वक सम्पन्न गरी चार...
संविधान दिवसको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

संविधान दिवसको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, ३ असाज (सस) । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ। रासस...