Thursday, May 16Nepal News Portal
Shadow

पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया


काठमाडौं, ३ असोज (सस) । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनः नियुक्तिको माग गर्दै सडक आन्दोलन नगर्न आग्रह गरेका छन्। घिसिङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीको व्यवस्थापन सरकारको काम भएको बताएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ का कारण नेपाल पनि आक्रान्त भएको संवेदनशील बेलामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न घिसिङले आग्रह गरेका हुन्।

‘प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा घिसिङले भनेका छन्।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी घिसिङले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेका छन्।
‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ,‘ उनले भनेका छन्, ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।‘

उनलाई फेरि नेतृत्वको जिम्मेवारीमा राख्नुपर्ने माग भइरहेको छ । घिसिङले भने आफ्नो कार्यकाल पूरा गरेपछि बहिर्गमन स्वभाविक र नियमित प्रक्रिया भएको बताएका छन्।

Total Page Visits: 751 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्