Thursday, May 16Nepal News Portal
Shadow

जितो फाउन्डेसनको अध्यक्षमा उद्योगपति कमल


काठमाडौं । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल (जितो फाउन्डेसन)को अध्यक्ष पदमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन् । अर्गनाइजेसनको तेस्रो साधारणसभाबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् ।

उनको कार्यकाल २ वर्ष हुनेछ । उनी नेपालको व्यापारिक घराना बेगानी ग्रुपका निर्देशक हुन् ।

“उच्च आर्थिक समृद्धि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने र हिंसामुक्त, गरिबीमुक्त र रोगमुक्त संसारमा मानवतालाई समृद्ध बनाउन सक्दो योगदान गर्नेछु,” उनले भने, “ज्ञान सेवा र आर्थिक सशक्तिकरणको लागि अहं योगदान पुर्‍याउनेछु ।”

११ देशमा सञ्चालनमा रहेको उक्त संस्थामा विश्वभरका १४ हजार व्यवसायी आबद्ध छन् । यसले सन् २०२० देखि नेपालमा सक्रिय रूपमा कार्य गर्दै आएको छ ।

Total Page Visits: 129 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्