Saturday, May 4Nepal News Portal
Shadow

‘विनोद चौधरी जब पर्‍यो राति तब बूढी ताती’ भनेझैँ धान रोप्न सुरु हुँदा सरकार मल खोज्न दौडन्छ


काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले अझै पनि किसानका लागि मलको समस्या समाधान गर्न नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताएका हुन् ।

उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्‍यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन नसकिने उनको भनाइ छ ।

‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौँ नेपाल चिनौँ’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको उनले बताए । तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे ।

रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको सांसद चौधरीले बताए ।

मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भन्दै उनले प्रश्न समेत गरे ।

भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ रहेको छ ।

Total Page Visits: 237 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्