Saturday, May 18Nepal News Portal
Shadow

हिल्साको तापक्रम माइनस १४ डिग्रीमा झर्यो


काठमाडौं, पुस २५ (ससं) । हिमपातले उत्तरी चीनसँगको सिमाना हिल्सा क्षेत्रमा तापक्रम माइनस १४ डिग्रीमा झरेको छ।

तापक्रममा धेरै गिरावट आएपछि चिसोका कारण बासिन्दाहरु घरबाहिर निस्कन सकेका छैनन्। पानी जमेको अवस्थामा छ।

हिल्सास्थित सीमा सुरक्षा चौकीमा बसिरहेका प्रहरीहरु मुस्किलमापरेका छन्। हिमपातपछि तापक्रम माइनस १४ मा झरेको र जाडो अत्याधिक बढी रहेको छ ।
हिल्सा क्षेत्र कर्णाली नदीको गहिरो खोचमा रहेको हुँदा घाम नलाग्ने र हावा चलिरहने भएका कारण चिसो झनै बढेको हो।

चिसोले धारामा पानी जमेका कारण हिउँ बिलाएर पानी खानु पर्ने बाध्यता रहेको छ। चिसो बढेसँगै नारा लेकमा बाटो हिमपातले अवरुद्ध भएपछि आवत जावत पनि बन्द भएको छ।

 

Total Page Visits: 967 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्