Saturday, May 4Nepal News Portal
Shadow

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढाउँछौँः अर्थमन्त्री डा.महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्गको निर्माण प्रक्रिया यसै वर्षदेखि अघि बढाइने बताएका छन् ।

शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, “टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन, यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन ।”

यो सुरुङमार्ग निर्माणका लागि अहिले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

“यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि, यसमा विदेशी सहयोग आउने सम्भावना छ,” उनले भने, “विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौँ । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।”

सुरुङमार्ग निर्माण सम्पन्न हुनका लागि भने केही वर्ष पर्खिनुपर्ने उनले बताए ।

“यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन । सुरुङमार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलोपटक विनियोजन गरिएको छ,” उनले भने ।

Total Page Visits: 246 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्