Friday, May 3Nepal News Portal
Shadow

प्रधान मन्त्री प्रचण्डले गरे दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण तथा दाशु भट्टको शालिक अनावरण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दाहाल बन्धुका प्रथम पुरुष दाशु भट्टको पूर्ण कदको शालिक अनावरण गरेका छन् । आफ्नो पितृथलोको चाखपूर्वक भ्रमण गर्दै जेठ ३१ गते दुल्लु नगरपालिका वडा नं. १२ मा प्रचण्डले उक्त शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रम कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय,कोटेश्वर काठमाडौंले आयोजना गरेको थियो । दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण कार्यक्रमको आयोजना दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालय नाला, काभ्रे, दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्कि,पोखरा र दाहाल कल्याणकारी समाज केन्द्रीय कार्यालय चितवनले गरेको थियो ।

कार्यक्रमको सभापतित्व कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष मुकुन्द प्रसाद दाहालले गरेका थिए भने स्थानीय बन्धुहरुको तर्फबाट स्वागत मन्तब्य दैलेखका संंघिय सांसद रविन्द्रराज शर्मा रुपाखेतीले गरेका थिए ।

कार्यक्रममा दाहाल कल्याणकारी समाज केन्द्रीय कार्यालय चितवनका अध्यक्ष बाबुराम दाहाल र दाहाल बन्धुका अभियान्ता किशोर कुमार दाहाललाई सम्मान गरिएको थियो । पितृथलो दैलेखको मष्टको थान, कुवा तथा दह, दरबार र पञ्चदेवलको साक्षात्कार प्रधानमन्त्रिज्यूलाई वंशावली लेखक तथा दाहाल बन्धु अध्ययन प्रतिष्ठान नाला काभ्रेका महासचिव डिल्ली प्रसाद दाहालले गराएका थिए ।

यस कार्यक्रममा दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्कि,पोखराका अध्यक्ष छविराज दाहाल,प्रदेश सांसद धनस्याम भण्डारी, प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल,प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल सोहि वडाका वडाध्यक्ष लिलाराम लम्साल लगायत जिल्लाभरका भद्रभलादमीको उपस्थिति रहेको थियो ।

दह गाउँ डेउडा गित स्थानीय बाजागाजा  सहित दुलही झै सिगारिएको उक्त कार्यक्रममा करिब ३००० जना देश भरिका दाहालको प्रतिनिधित्व सहित स्थानीय जनप्रतिनिधि र भद्र भलाद्मीको बाक्लो उपस्थिती रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७ थरको पितृथलो रहेको पञ्चकोशी आयोजना र प्रस्तावित गुरुयोजना दैलेख जिल्लाको विकासको कोशेढुङगा सावित भएको र ती आयोजना सफल पार्न आफू सकारात्मक रहेको जानकारी गराएका थिए ।

Total Page Visits: 370 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्