Monday, May 13Nepal News Portal
Shadow

राष्ट्र बैंकले पहिलोपटक सार्वजनिक गर्‍यो घरजग्गा मूल्य सर्वेक्षण


काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण शुक्रबार (आज) सार्वजनिक गरेको छ। केन्द्रीय बैंक अन्तर्गतको अनुसन्धान विभागले पहिलो सर्वेक्षण प्रतिवेद आज सार्वजनिक गरेको हो।

तथ्यांकीय उपलब्धततामा कमीका बाबजुद पहिलो प्रतिवेदन ल्याइएको र यसलाई अब त्रैमासिक रुपमा प्रकाशित गरिने बैंकका निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

बैंकले आज प्रकाशित गरेको प्रतिवेदन २०७७÷७८ को ९ महिनाको तथ्यांक समावेश गरिएको छ। नेपालमा धेरै घरजग्गाको कारोबार हुने २० जिल्लाको नमुना लिएर सर्वेक्षण गरिएको श्रेष्ठले जानकारी दिएका छन्।

घरजग्गाको दुई तरीकाले तथ्यांक संकलन गरिएको छ। मालपोत र बैंकबाट लिइएको तथ्यांकलाई आधार मानेर सर्वेक्षण गरिएको छ।

पुँजीगत लाभकर न्यून तिर्नका लागि मालपोतको मूल्य सूचक न्यून हुने तर बैंकको मूल्यांकन बढी लेखिएको छ।

२०७५÷७६ लाई आधार वर्ष मानेर सर्वेक्षण गरिएको छ। यो सर्वेक्षण अनुसार बैंकको मूल्यांकनमा २०७६÷७७ मा घरजग्गाको औषत मूल्य सूचक २६.४५ प्रतिशतले बढेको थियो। त्यस्तै मालपोतको तथ्यांक अनुसार भने १९.७३ प्रतिशतले बढेको थियो।

२०७७÷७८ को पहिलो नौ महिनामा घरजग्गाको मूल्य बैंकिङ मूल्यांकनमा १६.३१ र मालपोतको १२.५७ प्रतिशतले बढेको छ।

 

Total Page Visits: 1330 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्