Monday, May 13Nepal News Portal
Shadow

बस र स्कर्पियो आपसमा ठोक्किँदा एक जनाको ज्यान गयो


कठमाडौं, १्र८ मंसिर (ससं)। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ बाँके चोकमा हिजो बेलुकी बस र स्कर्पियो आपसमा ठोक्किँदा स्कर्पियो चालकको मृत्यु भएको छ।

मृतक चालकको पहिचान खुलिसकेको छैन।दूर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचाराको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

हिजो बेलुकी ८ बजे पूर्वपश्चिम लोकमार्गमा विपरित दिशाबाट आउँदै गरेका प्रदेश २–०२–००१ च ३१९ नम्बरको स्कोर्पियो र ना ४ ख २७९६ नम्बरको बस आपसमा ठोक्किदा उक्त दूर्घटना भएको थियो।

दूर्घटनामा संलग्न बस चालक फरार रहेकाले खोजतलास भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

Total Page Visits: 703 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्