Saturday, May 4Nepal News Portal
Shadow

वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन


काठमाडौं । सरकारले सांसद विकास कोष ब्युँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमार्फत सांसद विकास कोष ब्युँताइएको हो ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आएको’ टिप्पणी गरेका हुन् ।

मेयर साहले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ’ भन्दै प्रश्न समेत गरेका छन् ।

“सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” उनले फेसबुकमा लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ”

 

Total Page Visits: 146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्