Saturday, May 18Nepal News Portal
Shadow

सानिमा बैंकले गर्यो दराज नेपालसँग सहकार्य


काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना यहि चैत्र २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ ।

उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।

सानिमा डोमेस्टिक डेबिट कार्डमा ८ %देखि ५ सय रुपैयाँसम्म छुट पाइनेछ भने सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट १० %देखि ५ सय रुपैयाँसम्म छुट पाइनेछ । साथै सानिमा डोमेस्टिक डेबिट/क्रेडिट कार्डमा २० %देखि २ सय रुपैयाँ छुट पाइने भएको छ । ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Total Page Visits: 147 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्