Monday, May 20Nepal News Portal
Shadow

‘म बाँचुन्‍जेल लड्छु, अन्तिम परिणाम जनताको पक्षमा आउने छ ’: प्रचण्ड


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई जनताको बीचमा फ्याँकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको उनले बताएका हुन् ।

छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।’ ओलीले जालझेल र षड्यन्त्र गर्न थालेपछि आफूले विद्रोहको झण्डा उठाएको प्रचण्डले बताएका छन् ।
‘तपाईंहरू गहिरोगरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो । त्यो तपाईंहरू पनि पढ्नु्स् । धेरै लामो छैन, एकछिन बसेर सरर्र हेर्दा भ्याइन्छ ।’ उनले भने

Total Page Visits: 545 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्