Monday, May 20Nepal News Portal
Shadow

पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै


काठमाडौं, पुस १० (ससं)। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक विभाजन भएपछि तत्कालीन नेकपा एमालेका सांसदमध्ये बहुमतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन्।

तत्कालीन एमालेबाट विजयी भएका १२१ सांसदमध्ये ८२ जना प्रधानमन्त्री ओलीसँग रहेका छन् भने ३९ जना सांसदले माधवकुमार नेपाललाई साथ दिँदैै पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष स्वीकार गरेर हिँडेका छन्।

गत मंगलबार राजनीतिक रूपमा विभाजन भएका तथा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संख्यालाई आधार बनाउँदा पूर्वएमाले समूहमा अध्यक्ष ओलीको पल्लाभारी देखिएको छ भने सांसद सदस्य संख्याको हकमा नेपाल समूह अल्पमतमा परेको छ। गत पुस ५ गते ओलीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका भनिएका शेरबहादुर तामाङ र यज्ञबहादुर बोगटीले आफ्नो हस्ताक्षर झुक्याएर गराइएको भन्दै ओलीतिर लागिसकेका छन्।

ओलीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने घनश्याम भुषाल र योगेश भट्टराई भने नेपालसँग प्रचण्डले नेतृत्व गरेको अर्को नेकपाको समूहमा लागेका छन्।

तत्कालीन नेकपा एमालेबाट प्रत्यक्ष विजयी भएका ८० मध्ये २७ र समानुपातिकबाट निर्वाचित भएका ४१ मध्ये १२ जनाले प्रचण्डको नेतृत्वलाई स्वीकार गर्दै नेपालसँगै अर्को समूहमा लागेका छन्।

प्रत्यक्ष निर्वाचितमध्ये ५४ जना र समानुपातिकबाट निर्वातमध्ये २६ जना सांसद ओलीसँगै रहेका छन्।

 

Total Page Visits: 793 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्