Saturday, May 18Nepal News Portal
Shadow

१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो


काठमाडौं । शनिबार एक कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ । काठमाडौंको होटल हार्दिकको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहेकी थिइन । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली रहेका थिए ।

आफ्नो दुई हात र एउटा खुट्टा गु्माएकी कार्यक्रमकी प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा लेखिएको शब्द रहेको गीत गाएर १६ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको समुद्घाटान गरेकी थिइन ।

औपचारिक कार्यक्रम शुरू हुनु पूर्व रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा ३४ जनाले रक्तदान गर्नुभएको थियो ।

साथै सो कार्यक्रममा प्रमुख अतिथि,अतिथि,आमन्त्रित महानुभावहरू र सभापति लगायतले एकसाथ ‘हाम्रो रगत’ स्मारिकाको सामुहिक लोकार्पण गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र पनि बितरण गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य रमेश प्रसाद पाण्डेद्वारा स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए ।

 

Total Page Visits: 1319 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्