Saturday, May 18Nepal News Portal
Shadow

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर, नर्भिक अस्पतालमा उपचार हुँदै


काठमाडौं, (ससं) । कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार भैरहेको छ । न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न रहेको छ ।

डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ,’ उनले भने, ‘यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ ।
उनले भने जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ ।

जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको हो ।

Total Page Visits: 483 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्