Wednesday, May 8Nepal News Portal
Shadow

गर्मीमा स्वास्थ्यका लागि फाइदाजनक लौका


काठमाडौं ।हाम्रो स्वास्थ्यका लागि हरियो सागसब्जीका फाइदाहरु त हामी सबैलाई थाहा छ तर के लौकाले हाम्रो स्वास्थ्यका लागि कति फाइदा पुर्याउँछ भन्ने थाहा छ ? सायद कममात्रा लाईनै थाहा होला ।

गर्मी मौसममा लौकाको सेवन निकै फाइदाजनक हुन्छ । लौकामा धेरै प्रकारका औषधीय गुणहरू पाइन्छ, जसले गम्भीर रोगबाट बचाउन मद्दत गर्दछ ।

लौकाले चर्को घाममा पनि शरीर चिसो बनाइराख्न सहयोग पुर्याउँछ । लौका खाँदा तनाव पनि कम हुन्छ । त्यसैले लौकाका धेरै गुण र फाइदाबारे जानीराखौं ।

लौकाको दैनिक सेवनले तनाव कम गर्न मद्दत गर्छ । लौकाले दिमागलाई शान्त पार्ने काम गर्छ । साथै यसमा पाइने पानीको मात्राले शरीरमा शीतलता ल्याउँछ ।

लौकाले तौल घटाउन पनि सहयोग गर्छ । यसको सेवनले भोक पनि कम लाग्छ ।

लौकामा आइरन, भिटामिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । मुटु रोगको जोखिम कम गर्छ । हप्तामा दुई(तीन पटक लौकाको जुस पिउनाले मुटुलाई स्वस्थ राख्छ र रक्तचाप पनि नियन्त्रण गर्छ ।

लौका निद्रासम्बन्धी धेरै समस्याको उपचारमा पनि प्रभावकारी साबित हुन सक्छ । तसर्थ, यदि तपाईलाई पनि निन्द्रा लाग्दैन भने लौकाको जुस अवश्य खानुहोस् ।

Total Page Visits: 847 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्