Sunday, May 19Nepal News Portal
Shadow

उपभोक्ता लक्षित क्रम्प्टनका नयाँ पंखा र कुलरहरू नेपाली बजारमा



काठमाडौं । चौधरी ग्रुपले विभिन्न पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका पंखामा सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान ल्याएको कम्पनीले जनकारी दिएको छ ।

प्रत्येक पंखाले बेजोड प्रदर्शन, शैली र विश्वसनीयता प्रदान गर्न प्रयास गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जारी गरिएको छ ।
“स्टाइलिस डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ फ्यानहरू कुनै पनि घरका लागि उत्तम हुन्छ । साथै आराम र भव्यता दुवै प्रदान गर्दछ । इकोनोमिक सिलिङ फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रिज, विन्जर, कुलब्रिज र सी विन्ड छन्, ” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिजप्राइम र सुपर एयर डेको छन् ।”

आधुनिक डिजाइनको साथ, क्रम्प्टन स्ट्यान्ड फ्यानले शीतलता र हावा परिसंचरण प्रदान गर्दा कुनै पनि कोठामा सुन्दरता थप्ने कम्पनीले उल्लेख गरेको छ ।

 

Total Page Visits: 107 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्