Monday, May 6Nepal News Portal
Shadow

जेठ २८ गतेदेखि उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ हजार ९९ कित्ता संस्थापक शेयर जेठ २८ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले असार ३ गतेसम्म आवेदन दिन सकिने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. ३ सय ५० तोकिएको छ । उल्लेखित शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरीएको छ ।

विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ५५ रहेको छ ।

Total Page Visits: 186 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्